नेपाल: अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा “जातीय विभेदः न्यायका लागि पहल” हाते पुस्तिकाको परिमार्जित संस्करणको प्रकाशन

दक्षिण एसियामै जातीय भेदभाव तथा छुवाछूत मुख्य समस्याको रुपमा रहेको छ। विगतदेखि जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि यस क्षेत्रमा भएका पहलहरु अझै प्रभावकारी हुन सकेका छैनन् ।

नेपालका सबै नागरिकहरूलाई समानता, स्वतन्त्रता र आत्मसम्मान जस्ता मानवअधिकारका मूलभूत विषयहरू नेपालको संविधान, २०७२, राष्ट्रिय कानुनहरू तथा नेपालपक्ष भएका मानवअधिकारसम्बन्धी अन्तराष्ट्रिय दस्तावेजहरूले प्रत्याभूत गरेका छन् । यद्यपि, अझै पनि जातीय विभेदका आधारमा राज्यपक्ष वा गैरराज्यपक्षबाट दलित समुदायलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको उपयोगबाट बञ्चित गरिएको छ । यस्तो कार्यले मानवीय सभ्यताको उपहास गरेको छ ।

२०६२ र ०६३ को जनआन्दोलनपछि गणतान्त्रिक सरकारले व्यवस्थापिका संसदबाट, २०६८ जेठमा जातीय विभेद तथा छुवाछूत (सजाए र कसुर) ऐन, २०६८ पारित गरी लागू गरेको थियो । तथापि, सामाजिक, साँस्कृतिक, धार्मिकलगायत आस्थाका कारण हुने विभेदजन्य घटनामा कमी आउन सकेका छैनन् । हाम्रो अध्ययन अनुसार यसबीचमा जातीयताकै आधारमा १६ जना दलितहरुको हत्या भएको छ । त्यसैगरी दिनहूँ दलित समुदायमाथि कुटपीट, लुटपाट, अपमान र हत्याजस्ता अपराध भइरहेका छन् । पीडितले विद्यमान ऐनअनुसार न्याए पाएका घटना विरलै छन् । जातीय विभेदसम्बन्धी घटना दर्ता गराउँदा गाली बेइज्यती जस्तो कमजोर मुद्दा बनाएर दर्ता गरिन्छ । यसले एकातिर पीडितले न्याय पाउने सम्भावना टरेको र अर्कातिर विद्यमान ऐनबारे आम रुपमा जानकारी हुन नसकेको देखिन्छ । ऐनका विषयमा सरोकारवाला निकायहरु प्रहरी, स्थानीय प्रसासन र वकिलहरु समेत बेखबर रहेको घटना अध्ययनबाट देखिन्छ भने आम सुमदाय छुवाछूतलाई नियतिको रुपमा बुझ्दै अन्यायबीच बाँच्न बाध्य छन्। बदलिँदो राजनीतिक परिवेशमा पनि दलित समुदायले बाँचिरहेको जीवनमा खास अन्तर छैन ।

जातीय आधारमा हुने विभेदको अन्त्य गर्नु र मान्छे मान्छेको रूपमा बाँच्न पाउने नैसर्गिक अधिकार स्थापित गर्नका लागि दलित समुदायका मुद्दालाई बहसमा ल्याउन, उनीहरूमाथि भइरहेका अन्याय, अत्याचार, शोषण, दमनहरूलाई आमजनता तथा सम्बन्धित निकायसमक्ष पु¥याउनु आजको आवश्यकता हो । एसियाली मानवअधिकार आयोग र एसियाली कानुनी स्रोत केन्द्र स्थापना कालदेखि एसियाली मुलुकहरुमा मानवअधिकारको संरक्षण र संवद्र्धन तथा जातीय विभेदविरुद्ध महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यससम्बन्धमा सरकार, नागरिक समाज, मानवअधिकारकर्मी, सरोकारवाला एवम् आम समुदायलाई जानकारी दिने तथा सुसूचित गर्ने उद्देश्यले हामीले नेपालमा दलित सवालमा नियमित ज्ञान उत्पादन तथा पैरवीका कामहरु गर्दै आएका छौं ।

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भमा हामीले “जातीय विभेदः न्यायका लागि पहल” हाते पुस्तिकाको परिमार्जित संस्करण प्रकाशन गरेका छौं । छोटो समयमै परिमार्जनसहित यो पुस्तिकाको दोस्रो संस्करण प्रकाशन गरी यो ऐतिहासिक दिनको अवसरमा यसलाई सार्वजनिक गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ । प्रस्तुत पुस्तिका जातीय भेदभाव तथा छुवाछूतलाई बुझ्न र पीडित समुदायलाई न्याय दिलाउनका लागि सहयोग पु¥याउने छ भन्ने विश्वास गरिएको छ ।

– एसियाली मानवअधिकार आयोग÷एसियाली कानुनी स्रोत केन्द्र

Document Type : Statement
Document ID : AHRC-STM-013-2019
Countries : Nepal,
Issues : Administration of justice, Caste-based discrimination, Democracy, Freedom of expression,