NEPAL: पूर्व तानाशाह हाइसेन ह्याबरको जुलाइ 20 मा हुने सेनेगल सुनुवाइले पीडितहरुका लागि कस्तो पहल गर्ला

An article from Africa is a Country forwarded by the Asian Human Rights Commission

by Jacqueline Moudeina

Read this article in [ English] [ Bangla ( Bangladesh)] [ Bahasa ( Indonesia)] [Sinhala ( Sri Lanka) ]

सन् ७ सुन १९८२ देखि डिसेम्बर १९९० सम्म मेरो मूलभूमि चाडमा शासन गरेका चाडका पूर्व राष्ट्रपति हाइसेन ह्याबर जुलाइ 20 मा अफ्रिकन सङ्घद्वारा आयोजित विशेष अदालति फैसलाका लागि सेनेगल जाँदैछन् । ह्याबरको शासनकाल एउटा आतङकमय काल थियो । उनले अभिलेख तथा सुरक्षा निर्देशनालय (डीडीएस) स्थापना गरी त्यसलाई तीव्र रुपमा शोषण र दमनका लागि संरचनाकै रुपमा विकास गरेका थिए । सन् १९९२ मा चाडियन सरकारद्वारा तयार गरिएको अनुसन्धान आदेश अनुसार चालिस हजार नागरिक अभिलेख तथा सुरक्षा निर्देशनालय (डीडीएस) जेलमा मारिएका थिए ।

ह्युमन राइट्स वाचले हामीलाई भनेको छ, ‘ह्याबरको सुनुवाइ’ पहिलो प्रयास हुनेछ जुन, एक राष्ट्रको अदालतले पूर्व शासकहरुद्वारा गरिएका मानवअधिकार अपराध विरुद्ध गरेको कानुनी कारवाहीको नजिर बन्नेछ । यो अफ्रिकामा सर्वमान्य सुनुवाइका लागि प्रक्रियामा गएको पहिलो अदालती मुद्दा हुनेछ ।’

वर्तमान राष्ट्रपति ‘आइड्रिस डिबाइ आइट्नु’ को ‘कू’ पछि ह्याबर फरार भई सेनेगलमा निर्वासित भए । सन् २००० फेब्रुअरीमा सेनेगलिज न्यायपालिकाभन्दा पहिले हामीले उनी विरुद्ध मुद्दा दर्ता गर्ने निश्चय गरिसकेका थियौं ।

हामी चाडमा अक्टोबर २००० देखि अहिलेसम्म (झन्डै १५ वर्षअघिदेखि) हाइसेन ह्याबरलाई अपराधमा संलग्न भएको अर्थाथ् अपराधका लागि प्रेरित गरेको आरोपमा ५७ बुँदे आरोप र सामूहिक उजुरी सहित ‘प्रारम्भिक अनुसन्धान कर्मचारी मण्डल’मा संलग्न भएका थियौं ।

सेनेगल र चाडमा दुईटा प्रक्रिया निकै कठिन र लामो युद्ध नै थियो । सेनेगलमा पूर्व प्रधानमन्त्रि ‘अब्दुलाय वेड’ मात्र एक थिए, जो ह्याबरलाई कानुनी कारवाही गर्न नचाहनुका साथै उनलाई बेल्जीयमलाई सुपुर्दकी गर्न सक्ने अवस्था हुँदाहुँदै पनि यसका लागि अस्वीकार गरे । यद्यपि, बेल्जीयमले सुपुर्दकीका लागि आग्रह गरिरह्यो । चाड अदालतले पूर्व तानशाहलाई अदालती कठघरामा सुनुवाइ गराउने हाम्रो अथक प्रयासको कुनै सम्बोधन गरेन । र, अन्ततः वर्तमान राष्ट्रपति म्याकि शल को चुनावले परिस्थिति बदलियो ।

सेनेगल र अफ्रिकन सङघबीच भएको सम्झौता, विशिष्ठ खालको अफ्रिकन सभा (इएसी) को सिर्जना गर्ने सर्तमा बाँधिएको थियो, जसले सेनेगलिज न्याय व्यवस्था अन्तरगत रहेर अन्तर्राष्ट्रिय विशेषतायुक्त न्याय प्रदान गर्दछ । त्यस्ता मुद्दामा बुर्किनी र सँगसँगै दुई सेनेगलिज न्यायधिशहरुले बहस गर्छन् । यस्तो सभाले ह्याबर र उनको कार्यकालमा उनीसँग सम्बन्धित व्यक्तिहरुले गरेको अपराधसँग सम्बन्धित भएर कार्य गर्दथ्यो ।

यो सर्वोच्च अफ्रिकी सभाको “बेन्च”ले पीडितहरुको उजुरीमाथि अनुसन्धान गर्ने सिलसिलामा ४ अनुसन्धानात्मक आयोगहरु गठन गरिएको थियो । आयोगहरुको कार्य हालसालै सकिएको छ र आयोगहरुले सर्वोच्च अफ्रिकन सभाको ‘अपराध अदातलमा जानुपूर्व कारण देखाउ आदेश जारी गरेका छन् । हामी हाइसेन ह्याबरलाई अदालतमा जानुपूर्व आमुन्ने–सामुन्ने भेट्ने अवसर पर्खिरहेका छौं ।

हामीमध्ये जो चाडबाट आएका छौं, यो एउटा भयाभह सपनाको अन्त्य हो किनकि २० वर्षभन्दा बढी हामी असीमित यातना सहँदै आएका छौँ, दैनिक धेरैले हामीलेभन्दा बढी यातना पाएका छन् । सामान्य अवस्थामा पनि उनीहरुले अदालत धाउनुपर्ने हुन्छ । पीडकहरुमध्ये धेरै अझै पनि मुख्य ‘पदहरु’ ओगटेर बसिरहेका छन् । यसले पीडित र उनीहरुलाई साथ दिनेहरुलाई अझै खतरा सिर्जना गरेको छ । र, धेरैजसो पीडितहरु न्याय नपाएरै ज्यान गुमाएका छन् ।

यो एउटा ठूलो उपलब्धि हो किनकि आज हाम्रो अटल र दृढ संकल्प साँचो रुपमा प्रमाणित भएको छ । २० वटा कसुरहरुमा ह्याबरलाई ५ वर्ष देखि आजीवन जेल सजाय भएको छ । यो एउटा ठूलो पाठ तिनका लागि हो, जो निरन्तर आम जनतालाई आतंकित बनाइरहेका छन् । अब ‘चाडमा दण्डहीनतालाई कुनै स्थान छैन ।

म अन्याय विरुद्ध जोडदार रुपमा लड्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछु । निश्चय नै यो बीस वर्षको अवधिमा न्यायको खोजिका खातिर मसँग पनि उस्तै अनुभव छ जो यी महिला र पुरुषहरुसँग छ र जसको पक्षमा लडिरहेकी छु । उनीहरुले आफ्नो देश चाडद्वारा उपेक्षित भएको अनुभव गरेका छन्, राज्यले उनीहरु पीडित छन् भन्नेसम्म पनि कहिले महसुस न त सार्वजनिक रुपमा माफी नै माग्यो ।

जब म आफू स्वयं ह्याबरको अगाडि थिएँ, सँगसँगै अरु दुई पीडित र अनुसन्धान कर्मचारी आमने–सामने आक्रामक रुपमा तर्कवितर्क गरिरहेका थिए । मैले आवाजविहीन ती अनगिन्ति मानिसहरु जस्को आफ्नो भन्ने कोही छैन, उनीहरुका लागि मेरो आवश्यकता र भूमिकालाई अझ बढी आवश्यक भएको मूल्याङकन गरें ।

सैद्धान्तिक रुपमा म विश्वास गर्छु, मेरो लागि र आम मानवअधिकार रक्षकहरुका लागि ‘दण्डहीनता’ नै मानवअधिकार उल्लङघनको कारण हो । म ढुक्क छु ‘हाइसेन ह्याबर’को सुनुवाइ अफ्रिकी न्यायको लडाइमा एउटा महत्वपूर्ण घटना हुनेछ, र यो सुनुवाइले चाडमा भइरहेका विभत्स र निरन्तर हिंसाहरुको सधैंका लागि अन्त्य गर्नेछ । यसले अन्य अफ्रिकन नेतृत्वलाई समेत यस्तो भयाभह अवस्थालाई रोक्दै आम जनतालाई ससम्मान बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि सहयोग पु¥याउने छ ।

जेक्लिन मोडेना चाडमा ‘कानुनकर्मी’ का रुपमा परिचित छन् । मानवअधिकार प्रवद्र्धन तथा रक्षाका लागि चाडियन सङगठन (एटीपीडीएच) की अध्यक्ष समेत रहेकी मोडेना वैकल्पिक नोबेल पुरस्कार को रुपमा चिनिने राइट लाइभ्लिहुड अवार्ड, २०१४ द्वारा पुरस्कृत हुन् । क्रिपया उनीबारे थप जानकारीका लागि लगअन गर्नुहोस्: http://www.rightlivelihood.org/moudeina.html

The Article originally appeared in Africa is a Country.

Document Type : Forwarded Article
Document ID : AHRC-FAT-020-2015-NE
Countries : Africa,
Issues : Administration of justice,