विश्वः मे १८, सैन्यवाद र अधिनायकवाद विरूद्द ग्वाङजू विद्रोहलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मान्यता दिनु आवश्यक छ ।

सन् १९८०, १८ मे कोरीयाका लागिमात्र नभएर संसारका लागि एउटा गौरवपूर्ण दिन हो, जुन दिन सिँगैं सहरहरू र दक्षिण केरियाली नागरिकहरू सैन्य कुका विरूद्द उभिएका थिए । यो यस्तो किसिमको दुर्लभ एक्यवद्दता थियो कि धेरै दिनसम्म नागरिकहरू एकाकार भएर सहरकब्जा गर्न हिँडेको शैन्य बटालियनलाई सहरभित्र पस्नबाट रोक्न सफल भएका थिए ।

धेरै दिनपछि, सैन्य बटालियनहरू शहरमा प्रवेश गरे र आन्दोलनकारीहरूको रगत बगाउने साहस गरे। सेनासँग आत्मसमर्पण गर्नु भन्दा ग्वाङजू र जेओल्लनम्दो प्रदेशका नागरिकहरुले आफ्नो जिन्दगी बलिदानी दिने निर्णय गरे। सैन्यवादलाई हराउन र आफ्नो देशमा लोकतन्त्र पुनर्स्थापित गर्न सम्पूर्ण राष्ट्र र अन्तर्राष्ट्रिय समुदायलाई जगाउनका लागि उनीहरूले बलिदान दिए । उनीहरूको चाहनालाई सम्मान गर्दै सैन्य शासनलाई हराउन नागरिकहरू निरन्तर सङघर्षमा जुटे र अन्ततः सफल भए। दक्षिण कोरिया आज एक जीवन्त लोकतन्त्र छ । आन्दोलनको सफलतासँगै दुई सैन्य नेताहरू, चुन डु-ह्वान र रोह टा-वूलाई जेल सजाय सुनाइयो।

विश्वका धेरै भागहरूमा तानाशाही र विभिन्न प्रकारका सैन्यवादको उन्माद देखिएका छन् । अत्यन्त परिष्कृत मुलुकहरूमा पनि आर्थिक विकासका लागि सैन्यवाद र अधिनायकवाद अपरिहार्य छ भन्ने वकालत गर्दै अएका छन्। धेरै सरकारहरू विभिन्न साधनहरूको प्रयोग गरेर निर्वाचित भएका हुनाले उनीहरूलाइ प्रणालीगत रूपमै निरंकुशतामा परिवर्तन गरेको छ। शासनका थुप्रै रूपहरूले तानाशाही र सैन्यवादको रक्षा गर्नु आवश्यक रहेको तर्क प्रयोग गरिरहेका छन् ।

न्याय र प्रशासनको दुवै व्यवहार गर्ने सार्वजनिक संस्थाले अधिनायकवादको साधनका रूपमा काम गर्न सक्ने भएकाले लोकतन्त्र र मानवअधिकारका अभियन्ताहरूले यस मुद्दालाई तत्काल सम्बोधन गर्नु आवश्यक हुन्छ। वास्तवमा यस किसिमको काम हाल धेरै देशहरूमा भइरहेको छ। लोकतन्त्र र विधिको शासनका लागि हालसम्म पर्याप्त प्रतिरोध अझै हुन सकेको छैन। यस परिस्थितिमा नागरिकहरू थप एक्लो, निरिह, दमित र शक्तिविहीन हुने भएकाले सार्वजनिक सहमतिका नाममा नागरिक सहभागिता नामेट पारिएको छ। आज जहाँसुकै नागरिकहरू यस्तो व्यवस्था र समस्याहरूको समाधान खोजिरहेका छन्।

ग्वाङजू विद्रोह विश्वव्यापि रूपमा आम नागरिकहरूको सहभागिताविना उत्तरदायी र पारदर्शी शासन प्राप्त गर्न नसकिने कार्यका लागि परिचित छ । अतः सुशासनका लागि सैन्यवाद र अधिनायकवादको प्रतिरोध आवश्यक छ ।

सैन्यवाद र अधिनायकवाद रोकथामका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मे १८ को पहिचान जनताले शासन प्रक्रियामा भाग लिन सक्ने सार्वजनिक संस्थाहरूको विकासका लागि विश्वव्यापी प्रतीकको रूपमा लिइने छ । हामी यस अवसरमा लोकतन्त्र र मानवअधिकारका सबै पक्षहरुलाई सैन्यवाद र अधिनायकवाद विरूद्द मे १८ घोषणाका पक्षमा हातेमालो गर्नका लागि आवहान गर्दर्छौं ।