NEPAL: दलित शिक्षा : नयाँ संभावनाको खोजी

 by Dr. Bidyanath Koirala

हेराइ र बुझाइ

बस्तु हेरेर दृष्टिकोण बन्छ ।  भौतिकवादी त्यसै भन्छौ । दृष्टिकोण बदले बस्तु बेग्लै बुझिन्छ ।  मनोवादी त्यसै भन्छौ ।  बस्तु र दृष्टिकोणहरुबीच अन्तरक्रिया गरे एकल बस्तुको बहुरुप बुझछौं ।  एक नै वहु हो र वहु नै एक हौँ भन्ने (पभलभतजभष्कतक) त्यसै भन्छाँै ।  दलितलाई बुझनेहरु पनि यही कोटीमा विभक्त छौं ।  एकलवादीहरु । भौतिकवादीहरु । त्यसैले दलितलाई गरीव भनेर चित्रित ग¥यौँ । भौतिक सम्पन्नता नभएकाहरु । हाम्रो चित्रणले दलितलाई अशक्त सावित गर्याे । अव्यक्त चित्रण  गर्यौँ । के साँच्चै दलित अशक्त र अव्यक्त हो त ? उसको सीपले त्यसो भन्दैन । जन्मजात सीप । आरन बनाउने सीप । आरन चलाउने सीप ।  हातहतियार बनाउने सीप । बाजा बजाउने सीप । बनाउने सीप । विक्री गर्ने सीप । बाजा ज्ञान हस्तान्तरण गर्ने सीप । दलितका अनेकन सीपलाई यसरी बुझने हो भने दलित स्रष्टा हो । सीपको स्रष्टामय । गतिलो कालीगढ । विश्वकर्मा । गतिलो सीपको सोँचकर्ता । गतिलो साधक ।  गतिलोृ व्यवस्थापक । सोँचलाई संस्थागत गर्न जान्ने व्यक्ती । सीपलाई दीगो राख्न सक्ने व्यतmी । यस अर्थमा के हामी दलितलाई  भिन्न दृष्टिले बुझ्न सक्छौँ? हेर्न सक्छौँ ?

यथस्थितिको विकल्प ः

रुपान्तरण अहिलेको रहर हो ।  सोँचान्तरण मेरो विश्वास हो ।  साँेचमा अन्तर पारेर दलितलाई समकक्षी बनाउन सकिन्छ भन्ने मेरो ठम्याँई हो । झण्डै  तीन चौथाइ दलित निरक्षर छौँ ।  ती निरक्षरलाई साक्षर पार्ने सोँच बनाउने अनेकन विकल्प छन् । पहिलो विकल्प हो –‘आ’ माने ‘आरन’ । ‘ह’ माने ‘हँसिया’ । ‘द’ माने ‘दमाहा’ । ‘स’ माने ‘सहनाइ’ । के यसरी बस्तुनिष्ठ दलित सीप सापेक्ष साक्षरता कार्यक्रम बनाउन सक्छौँ ? पढेका दलितहरु बेरोजगार छौँ । अनुत्पादक छौँ । यो दोश्र्रो समस्या हो । यसको विकल्प हो – दलित सीपको उद्यमीकरण । दलितले रित थाम्यौँ । उद्यमीकरणले रकम बनाउन सक्छौँ ।  त्यसका केही तरीका छन् ।  बाली अभ्यस्त हामीले बैण्डमा सौचौँ । ब्राण्डमा सोचौँ । बैण्डले हाम्रो जातगत समुह बदलिन्छ । पेशागत समुह बन्छ । जातजातीय अन्तरघुलन हुन्छ । ब्राण्डमा सोँच्ने हो भने गुणस्तरीय बन्दै जानुपर्छ । बाजामा गुणस्तरीय । बजाइमा गुणस्तरीय । आरनमा गुणस्तरीय । आरनीय उत्पादनमा गुणस्तरीय । 

जुत्ताको उत्पादनमा गुणस्तरीयता । यसरी ब्राण्डमा पनि अन्तरघुलन हुनसक्छ । जातको ब्राण्ड बनाए पनि हुन्छ । थकालीको ढिंडो जस्तो ।  थारुको घाेंगी  जस्तो ।  तेस्रो समस्या हो – दलितको सत्ता, सम्पत्ति र शक्तिमा पहुँच छैन । शक्ति देखाउने हो । सम्पत्ति बनाउने हो । सत्तामा सोँच पुर्याउने हो ।  बलदेव रामले शक्ति देखाएकै हुन् ।  सर्वजितले शक्तिले चिनाएकै हुन् । विसे नगर्चीले सत्तामा सोँच पुर्याएकै हुन् । राजालाई झुकाएर आफ्नो घरदैलोमा पुग्न बाध्य पारेकै हुन् । सुनारहरुले सम्पत्ति आर्जन गरेकै हुन् । यसरी सोँच बदल्ने हौ भने सर्वजित बन्न सक्छौ । विसे नगर्ची हुनसक्छौ । बलदेव राम हुन सक्छौँ । अर्थात् सके सत्तामा जाने नसके सोँच पुर्याउने रणनीति बनाउन सक्छौँ । सम्पति आर्जन गर्ने अनेकन् तरीकाहरु सिक्न सक्छाँै । सिकाउन सक्छौँ । शक्ति देखाउने तरीका  गर्न सक्छौँ । चारजनाले तालाबन्दी गर्ने तरीका। यस्ता विकल्पहरुको खोजीले दलितलाई सत्ता, सम्पति र शक्तिमा पुर्याउँदछ । सके सशरीरको पहुँच । नसके विचारको पहुँच । 

चौथो समस्या हो –जातीय छुवाछूत मेट्न कानुन बनिसके । सरकारवादी मुद्दा भइसक्यो । अर्थात् नयाँ संरचना बन्यो । पुरानो संरचना भत्काउन पुरानै बुद्घि खोजँैं । शास्त्रीय हिसाबमा छुवाछुत हटाउने उपाय । सांस्कृतिकरण को हिसाबमा दलित समुदाय बदल्ने उपाय । समालोचनात्मक   हिसाबमा संरचनाका विरुद्घ प्रश्न गर्ने उपाय । मानव अधिकारका हिसावमा दलित अधिकारका उपाय । कानुनी उपाय । अर्थात् छुवाछूत एक समाधानका तरीका अनेक ।  यसो गर्याँै भने छुवाछूत टिकाउने जराहरु मक्किन्छन् । क्रमश ः मानवीय कलंकको रुपमा रहेको जातीय छुवाछूत हटेर जान्छ ।  पाँचौ समस्या हो– दलितहरु सचेत  छैनौँ । यो फत्तुर हो । सत्य हो – दलितहरु विभिन्न खाले दीक्षमा रुमलिएका छौं । झलक सुवेदीले आधा जूनमा बुझेका कुरा साम्यवादी दलितले बुझेका छैनँैं । कृष्ण प्रसाद भट्टराईले बुझेका कुरा प्रजातन्त्रवादी दलितले थाहा पाएका छैनौँ ।  त्यसैले बस्तुनिष्ठ  विश्लेषक बनेनौँ । विषयनिष्ठ वा मनोगत   विश्लेषक बन्यौँ । बनाइयौँ । यहाँ विकल्प हुन्छ –मनोगत राजनीतिक एवं धार्मिक नेताका विचारहरुको वस्तुगत  विश्लेषण गर्नू । यसका निम्ति दलित वस्तीहरुमा आवधिक छलफल गरौं । जातजातीय छुवाछूत विरुद्घ राजनीतिक एवं धार्मिक नेताहरुका सोँचको तत्स्थानमै कार्यान्वयन । आर्थिक र शैक्षिक नीतिको कार्यान्वयन । किनकि दलितहरु नगदी को संस्कारमा हुर्कियौं । धार्मिक , राजनीतिक , आर्थिक, सामाजिक, शैक्षिक नेताहरुले हामीलाई उधारो मा  लगे । यही दोठ्यागंमा हामी फस्यौं ।  उधारोको पक्षमा लागिरहयौं । नगदीको जिन्दगी भोगिरहयौं । 

नवीन संभावना ः

दलित समस्याहरुबीच मैले संभावानाहरु देखें ।  पहिलो, दलितका ज्ञान तथा सीपहरुको खोजी र तिनको प्राज्ञिकरण   ।  दोस्रा, दलितका ज्ञान तथा सीपको उद्यमीकरणर औपचारिक तथा अनौपचारिक रुपको आयआर्जन । तेस्रो, ती ज्ञान तथा सीपहरुको सुनिश्चित आधिपत्य  । चौथो, दलितका ज्ञान तथा सीपहरुको असली वर्णसंकरीकरण  । पहिलो संभावनाले दलितका ज्ञान तथा सीपहरुको वर्गीकृत अभिलेखीकरण खोज्छ । यसका निम्ति दलित तथा गैर दलितका संघ संस्था तथा इच्छुक व्यक्तिहरुलाई परिचालन गर्न सक्छौं । गाँउवस्तीबाट बटुलिने ती ज्ञान तथा सीपहरुको संकलन गर्न पुरानादेखि आधुनिकतम् प्रविधिहरुको प्रयोग गर्न सक्छौं । यो परम्परागत तरीका हो ।  फेसबुक संकलन, वेभसाइट संकलन, मोवाइल संकलन, इमेल संकलन आधुनिकतम् तरिकाहरु हुन् । तिनलाई पनि उपयोग गर्न सक्छौं । यसो गर्नाले हाम्रा पुर्खाहरुको ज्ञान तथा सीपहरुको खोजी हुन्छ । तिनको प्राज्ञिकरण गर्न चाहनेहरुलाई मसला हुन्छ । हाम्रा विद्यार्थीलाई प्राज्ञिक दृष्टिले दलितका ज्ञान र सीप खोजाउन सक्छौँ । सीप र ज्ञानको विज्ञान । त्यसैको अर्थतन्त्र । त्यसको भूगोल । त्यसैको  ब्रह्रमाण्ड। त्यसको रुढ (अयगचकभ) । त्यसैको संवाद एवं विवाद। उदाहरण हो – आरन । आरनको निमार्णमा भएका विज्ञानहरु के हुन ? ज्ञानहरु  के हुन ? प्रत्याभूतिहरु  के हुन ? ती ज्ञान तथा सीपलाई आधुनिकीकरण गर्न सक्ने संभावनाहरु के के छन् ?  तिनलाई सैद्घान्तीकरण  गर्ने आधारहरु के हुन् ? अहिले विज्ञान र अर्थतन्त्रलाई चुनौती  गर्ने सोँचहरु के—के हुन ? तिनले नखोजेका ज्ञान एवं सीपहरु   के हुन् ? यस्ता कुराहरु खोज्न सक्छौँ  ।

दोस्रो संभावना हो – ती ज्ञान एवं सीपहरुलाई अर्थोपार्जनका लागि प्रयोग  गर्नु । ज्ञान शक्ति हो । त्रानवान र सीपवानले अरुलाई नसिकाउने त्यही कारण हो । तिनलाई हामीले सम्मान गरेको त्यही कारणले हो ।  विचार बदलियो  ज्ञान र सीप नै धन हो । सिस्नुलाई पाँचतारे होटेल र धनीको घरमा पुर्याउने त्यही बुद्घि हो । ढिंडोलाई ठुलाबडाले खाने बस्तु बनाउने चिन्तन त्यही हो । ‘यहाँ लोकल कुखुराको मासु र ढिंडो पाइन्छ’ भन्ने बुद्घि त्यही हो । बालीमा बजाउने बाजालाई ‘बैण्ड बाजा’ भनेर पैसा कमाउने गरेको तर्किव त्यही हो । अहिलेको ज्ञानको व्यवस्थापन  अर्को बदलावी पहिचानले भन्छ –ज्ञान र सीप छरिएको छ । सबै छ ।  ती ज्ञान र सपिलाई व्यवस्थापन गर्न सकिन्छ । त्यसैबाट अर्थोपार्जन हुन्छ । शक्ति आर्जन हुन्छ । सत्तामा पहुँच बढ्छ । ज्ञानको बाटोले । सीपको बाटोले । इज्जतको बाटोले । आयआर्जनको बाटोले । अर्थात हामी दलितका  ज्ञान तथा  सीपहरुलाई आधुनिकिरण गर्न सक्छौँ । लुगा सिउँने बाली प्रथालाई टेलिरिङ उद्योगमा । चर्पी सफा गर्ने परम्परागत सीपलाई सफाइ कम्पनीमा ।  गरीबीले गर्दा खाइएको मिसमास खानालाई ‘टे्कर्स फुड’ मा । यसका लागी केही लगानी चाहिन्छ । सहकारी तरीकाको र प्रा. ली. तरीकाको । विना धितो ऋण व्यवस्थाको । अन्य कुनै तरीकाको । 

तेस्रो संभावना हो –उद्यमीकरण गरिएका ज्ञानता सीपहरुको आधिपत्यको सुनिश्चितता । ज्ञानको आधिपत्य । सीपको आधिपत्य । ब्राण्डको आधिपत्य । सूत्र को आधिपत्य । टे«डमार्कसको आधिपत्य । यसरी खुलेका दलित ज्ञान तथा सीपहरुको आधिपत्य सुनिश्चित गर्न जापानले बुराकुमीनको विकासमा अपनाएको नीति लागु गर्न सकिन्छ । उनको जमीनमा गगनचूम्बी घर बनाए आवासको ग्यारेण्टी । घर बनाउने कम्पनीको शेयरको ग्यारेण्टी । दलित सीपमा आधारित उद्योग खोले त्यसमा दलितको अनिवार्य शेयरको व्यवस्था । दलित स्वयंले उद्योग खोलेमा सरकारी सहुलियत दिने व्यवस्था । तिनका उद्योगबाट उत्पादित बस्तु विक्रि गर्ने बंगलादेशी आरोङको व्यवस्था । जुन कुनामा दलितले उत्पादन गरे पनि ती सामाग्री किन्ने प्रबन्ध । विक्री भएका बस्तुमा निश्चित लाभांश दिने व्यवस्था । 

चौथो संभावना हो – दलितका ज्ञान तथा सीपहरुका असल गुणहरुको वर्णसंकरीकरण । राम्रा सीप एवं आधुनिक ज्ञानमा मिलाउँने । विज्ञानका पुस्तकमा विश्कर्माको ज्ञान र सिप  । स्वास्थ्यका सफाइकर्मीका ज्ञान र सीप र जग्गाको नापमा मुसहरको ज्ञान र सीप र वंगुरपालनमा डोमको ज्ञान र सीप र यस अर्थमा ‘नेपाली चूल्हो’ जस्ता होटेल चलाउँनेहरुले मिलाएको सुकुल, फलैंचा र आधुनिक टेबल एकसाथ मिलाएको ज्ञान एंव सीप । 

निचोड

देखबाट सोच हुन्छ । सोचबाट देख हुन्छ । सोँच र देखेको मन्थनबाट बस्तु बन्छ ।  दर्शनहरु मिल्ने विन्दूहरु तिनै हुन् । रह्यो – दलितलाई चित्रण गर्ने कसरी ? विपन्न ? कमजोर ? प्रतिनिधित्वहीन ? विचारा? यी कमजोरी मा आधारित दृष्टिकोण हुन् । यी दृष्टिकोणहरुले दलितलाई दुईवटा विन्दुमा  पु¥यायौंँ। पहिलो विपन्न छौं । अरुले हाम्रा लागि केही गरिदिनुपर्छ । माग्ने हाम्रो हक हो । आन्दोलित हुने हाम्रो बाध्यता हो । मालिकहरुले हामीलाई विगारे । संरचना  मुख्य दोषी हो । दोस्रा,े विन्दुमा हामीले लग्यौं – दलितहरु एकत्रित छौं । संगठनात्मक शक्ति छ । त्यही अर्को  शक्तिको आडमा सरकार झुकाउन सक्छौं ।  संरचना भत्काउन सक्छाँै । यी दूवै विन्दुुले दलितका ज्ञान र सीपको सम्मान भएन । त्यसैले मैले अर्को पाटो ल्याउन खोजें । संभावनाहरुको पाटो । दलितका ज्ञानहरु छन् । प्राज्ञिकरण गरौं । सीपहरु छन् । उद्यमीकरण गरौं । अधिकार सचेततना छ – ज्ञान र सीपको दलित आधिपत्य कायम गरौं  यो कि त्यो  भन्न स्थिति मात्रै छैन । यो र त्यो को वीचका राम्रा कुराहरु जोडौं । नवीन बन्छ । परम्परागत  सीपमा आधुनिक प्रविधि जोडौँ । पुर्खाको ज्ञानमा नयाँ ज्ञान थपौं । यसरी मैले तेस्रो पाटो पनि उजागर गरेको छु – दलित विकासको बहुपक्षीय मोडेल लागु गरौँ कमजोरीको सिद्धान्तबाट उठान गरौं– सक्छौँ भन्ने सिद्धान्तमा पु¥याऔं । 

यसोगर्दा दलितलाई माग्नेबाट गर्नेमा पु¥याउँछौं । दलितमुखी नीति कार्यान्वयन गर्ने आन्दोलनलाई जनस्तरमा लैजाऔं । 

छुवाछुतविरोधी आन्दोलनलाई । हिंसा विरोध आन्दोलनलाई । निरक्षरता उन्मुलनको आन्दोलनलाई । यसोगर्दा सांस्कृतिकरण कोृ सिद्धान्त एकसाथ अवलम्बन गरौं । अहिले  दलितप्रतिको नकारात्मक साँेच छ । त्यो सोँचलाई सकारात्मक ढँगमा बदलौं । प्राज्ञिक रुपमा बदल्दा दलित ज्ञान, सीप र सोचका धनी सावित हुन्छौें । उद्यमीको  रुपमा बदल्दा दलितहरु मालिक र शेयरधनी बन्छौं । मैले माथि उल्लेख गरेझैं चौखम्बे नवीन संभवनाहरु पो खोज्ने कि ? मय र विश्वकर्माको निर्माणी तागत बोकेका प्राग ऐतिहासिक दलितलाई पुनस्थापित गर्ने कि ? उपनिषदका सार्की रैक्क ऋषिका सन्ततीलाई ज्ञानका खानीका रुपमा चित्रित गर्ने कि ?  आधुनिकताको सोँच रैथाने बुद्धिमै टिकेको हुन्छ  भन्ने दर्शन चित्रित गर्ने कि ? आधारमा टिकेको दर्शन बोकेका हामीले आधारहीन दर्शन मा आधारित दलित विकासको मोडेल  सोच्ने कि ? आधारभुत र आधारहीन दर्शनको सम्मिलन गराई दलितको सम्पुर्ण विकास गर्ने कार्यान्वयन गर्ने कि ?  निर्णय हामी सबैको । केही समुहको । कसैको । मैले प्रस्ताव गरें । बस् । 

Document Type : Article
Document ID : AHRC-ART-054-2014
Countries : Nepal,
Issues : Caste-based discrimination, Labour rights, Land rights,