NEPAL: हरित नेपाल निर्माणका लागि एसियाली विज्ञहरु काठमाडौंमा

A Press Releasefrom the SAPPROS-Nepal forwarded by the Asian Human Rights Commission (AHRC)

काठमाडौं, फागुन ७ । वैकल्पिक नोवल पुरस्कारको रुपमा प्रतिष्ठित “राइट लाइभलीहुड अवार्ड”द्वारा सम्मानित चीन, जापान र भारतका विज्ञहरु “हरियो नेपाल, बलियो नेपाल”अभियानका लागि सहयोग तथा आफ्ना अनुभवहरु आदान–प्रदान गर्नका लागि यही फागुन १० र ११ गते काठमाडौंमा जम्मा हुँदैछन् । यस अवसरमा उनीहरुले सप्रोस नेपालका अध्यक्ष तथा “राइट लाइभलीहुड अवार्ड”विजेता श्रीकृष्ण उपाध्याय र अन्य साझेदार संस्थाहरुले सुरु गरेको “हरियो नेपाल, बलियो नेपाल”अभियानप्रति ऐक्यवद्धता जनाउनेछन् ।

“हरियो नेपाल, बलियो नेपाल”निर्माणको परिकल्पना गरिएको यो अभियानले नवीकरणीय ऊर्जा, अर्गानिक खेती प्रणालीसँगै सूचना प्रविधिको प्रयोगमार्फत् संवृद्ध, दिगो विकास र स्थानीय समुदायको सवलीकरण तथा ग्रामीण उत्थानमार्फत् समग्र राष्ट्रनिर्माणमा योगदान पु¥याउने लक्ष लिएको छ । “सबै प्रतिष्ठित व्यक्तित्वहरु हरित नेपाल निर्माणको यो अभियानमा ऐक्यवद्धता जनाउन सँगसँगै आउँदै हुनुहुन्छ”उपाध्यायले बताउनुभयो ।

अभियानमा ऐक्यवद्धता जनाउनका लागि चीनिया सौर्य ऊर्जाका प्रेरणादायी उद्योगी तथा सन् २०११ का “राइट लाइभलीहुड अवार्ड”विजेता हुङ मिङ, लद्दाख परिस्थितिक विकास समूह भारतका अगुवा तथा सन् १९८६ का “राइट लाइभलीहुड अवार्ड”विजेता लोब्जङ छुल्टिम, सेकाछु उपभोक्ता सहकारी क्लब जापानका अध्यक्ष तथा सन् १९८९ का “राइट लाइभलीहुड अवार्ड”विजेता कोचि कातो काठमाडौं आउँदै छन् । काठमाडौंमा हुने एक औपचारिक कार्यक्रममा उनीहरुले नेपालका बैंकिङ क्षेत्रका विज्ञ, नीति निर्माता, कुटनीतिक व्यक्तित्व तथा नागरिक समाजका प्रतिनिधिहरुबीच छलफल तथा अन्तत्र्रिmया तथा गहन छलफल गर्नेछन् ।

बैंकिङ क्षेत्रका विज्ञ, नीति निर्माता, कुटनीतिक व्यक्तित्व तथा नागरिक समाजका प्रतिनिधिहरुबीचको उच्चस्तरीय छलफल तथा अन्तत्र्रिmयाबाट प्राप्त सुझावका आधारमा फागुन ११ गते “ग्रीन नेपाल फण्ड”को घोषणाका साथै काठमाडौं घोषणा–पत्र जारी गरिनेछ । त्यसैगरी “राइट लाइभलीहुड अवार्ड”द्वारा सम्मानित व्यक्तित्वहरु सहितको एक टोलीले कास्की जिल्लाको धिताल–८, आश्थाम स्थित इको भिलेजमा सञ्चालित नवीकरणीय ऊर्जा, पर्या–पर्यटन र अर्गानिक खेती प्रणालीको नीरिक्षण र महिला साना किसान सहकारी संस्था, सराङ्गकोट सँग अन्र्तक्रिया गर्नुका साथै यस्ता पहललाई देश भर व्यापक बनाउनका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने सन्दर्भमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

नेपाल यात्राको सन्दर्भमा कुरा गर्दै कोचि कातोले “हरियो नेपाल, बलियो नेपाल”अभियान नेपालीहरुको आफ्नै अभियान भएको र यस कार्यक्रममा एक उपभोक्ता सहकारीको हैसियतमा जापानको सामुदायिक दिगो विकासको अनुभव नेपाली सहकर्मीहरुसँग साझेदारी गर्ने बताउनुभयो ।

यो कार्यशाला फागुन १० र ११ गते काठमाडौंको होटल ¥याडिसनमा हुनेछ ।

वैकल्पिक नोवल पुरस्कारको रुपमा प्रतिष्ठित “राइट लाइभलीहुड अवार्ड”सन् १९८० मा स्थापना भएको हो । यो अवार्ड हरेक वर्ष स्वीडिस संसदमा प्रदान गर्ने गरिन्छ । विशेषगरी हामीले भोग्दै गरेका तत्कालीन समस्या र चुनौतिहरुसँग जुझ्नका लागि गरिएका व्यवहारिक तथा उदाहरणीय कार्यहरुको पहिचान तथा सम्मान स्वरुप यो अवार्ड प्रदान गर्ने गरिन्छ । हालसम्म ६७ देशका १६२ जना व्यक्तित्वहरु यो अवार्डद्वारा सम्मानित भइसकेका छन् ।

थप जानकारीका लागिः

करन सिङ, एसिया प्रेस अफिस, हङकङ

स्काइपः karansinghhk

मोवाइलः         +८५२–६९०२५३२५/+977-9823129732

कार्यालयः +८५२–२६९५६५२३

इमेलः press-asia@rightlivelihood.org

मनिस बस्नेत, सप्रोस नेपाल

मोवाइलः+९७७९८१८७७७७३८

Document Type : Forwarded Press Release
Document ID : AHRC-FPR-004-2016
Countries : Nepal,
Issues : Administration of justice, Environmental protection, Human rights defenders,